प्रदेश ३ को १० जिल्लामा नेकपाको एकता टुंगियो, चितवन, काभ्रे र ललितपुरमा विवाद

प्रदेश ३ को १० जिल्लामा नेकपाको एकता टुंगियो, चितवन, काभ्रे र ललितपुरमा विवाद

काठमाडौँ, जेठ ६ । केन्द्रिय स्तरमा पार्टीको सांगठनिक एकता घोषणा भई जिम्मेवारीको समेत टुंगो लगाइसकेको नेकपाले जिल्लागत तहमा पनि एकता टुंग्याउँदै लगेको छ । पुर्व माओवादीलाई सात र साविकको एमालेले आठ जनवर्गिय संगठनको नेतृत्व सम्हाल्ने गरि केही दिनअघिमात्र एकताको घोषणा गरेको थियो ।

केन्द्रिय स्तरमा नेतृत्वको भागवण्डा भएपछि प्रदेश तथा जिल्लाका सम्पुर्ण तहका संगठनहरुलाई पनि चाँडै एकत्रित गरि लैजाने गरि नेपाल कम्युनिस्ट पार्टीले कामहरुको थालनी गरेको छ । प्रदेश ३ का १० वटा जिल्लाहरुमा सांगठनिक एकताले पुर्णता पाइसकेको बताइएको छ । यद्यपी ललितपुर, काभ्रे र चितवनमा भने आन्तरिक विवादका कारण एकता पकृया अगाडी बढ्न नसकेको बताइएको छ ।

संचारमन्त्री गोकुल प्रसाद वास्कोटाले असन्तुष्ट व्यक्त गरेपछि काभ्रेमा सांगठनिक एकता प्रकृया अगाडी बढ्न नसकेको हो । काभ्रेमा बन्ने १ सय ४५ सदस्यीय जिल्ला कमिटीमा तत्कालीन एमालेका ७८ र माओवादीका ६७ जना रहने छन्। जिल्ला कमिटीलाई पूर्णता दिन आइतबार प्रदेश ३ को ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको वैठकमा आफ्नो पक्षका नेताको उपस्थिति न्यून हुने देखिएपछि मन्त्री बाँस्कोटाले असन्तुष्टि जनाउँदै एकता नटुंग्याउन प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई टेलिफोन गरेकाे तथ्य बाहिरिएको छ ।

नेकपा प्रदेश ३ ले काभ्रेको जिल्ला बैठक ११ गतेका लागि तोकेको छ। जेठ ७–१७ सम्म प्रदेशअन्तर्गतका सबै १३ जिल्लाको बैठक राख्ने निर्णय प्रदेश कमिटी बैठकले गरेको थियो। चितवन र ललितपुरमा भने माओवादीतर्फको आन्तरिक विवादले एकता टुंगीन नसकेको हो।

Trending News