काठमाडौं, ७ जेठ । आवरणमा समाजसेवा तर भित्रभित्र ठगीधन्दा चलाउनेरुको गिरोह नै हाम्रो नेपालमा । त्यस्तै समाजसेवी हुन्–लोक बहादुर टन्डन । वागमति सरसफाईदेखि दर्जनौँ पीडितहरुको उद्दार गरेको भन्दै आफूलाई भयंकर समाजसेवीको रुपमा चिनाउँदै ठूला नेताको दैलो चाहार्ने टन्डनको डरलाग्दो ठगीधन्दा बाहिर आएको छ ।
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा टन्डनले चलाउँदै आएको ठगीधन्दाले बजार तातेको छ । उनै टन्डन अध्यक्ष रहेको बसुन्धारास्थित ग्रीनसिटि अस्पतालले युवायुवतीको ‘जिनको कारण हुने गर्भमा हुर्किने बच्चाबारे गलत प्रचार गरी अवैध धन्दा चलाउँदै आएको पाइएको हो ।
सो अस्पतालले जो कोही श्रीमान श्रीमतीलाई ‘छोरा या छोरी’ कुन बच्चा आवश्यक छ, सोहीअनुसार मेडिकल प्रविधिबाट बच्चा जन्माइदिने भन्दै लाखौँ रुपैयाँ शुल्क असुली गदैं आएको पाइएको हो ।
सो अस्पतालले आवश्यक बच्चा के हो ‘छोरा या छोरी’ बताएपछि सोहीअनुसार बच्चा जन्माइदिने भन्दै सादा बिलमा शुल्क उल्लेख गरी असुली गर्दै आएको पाइएको हो ।
सो अस्पतालले ग्यारेन्टीका साथ छोराको अवश्यकता भए छोरा नै र छोरीको अवश्यक भए छोरीकै जन्म गराउने दाबी समेत गरेको छ । विद्यमान जीवनचक्रलाई चुनौती दिँदै आएको अस्पतालले अहिलेसम्म कति सो काम ग–यो भन्ने रेकर्ड भने भेटिएको छैन । अस्पतालले टीयूएफको डिपोजिट भन्दै साधारण बिलप्याडमा १ लाख ७५ हजार रुपैयाँको बिल दिएको पाइएको छ ।
यसरी ग्रीनसिटि अस्पतालमा वार्षिक ४० करोडभन्दा बढी कारोबार हुने गरेको पाइएको छ एनआरएनए अमेरिकाका अध्यक्ष समेत रहेका अमेरिका निवासी डा।केशव पौडेलको समेत उक्त अस्पतालमा लगानी रहेको खुलेको छ । तर पौडेल लगायत गैरआवाशिय नेपालीलाई भने उक्त अस्पतालमा हुने गरेको अवैध धन्दा थाहा नभएको उच्च स्रोतको दाबी छ ।
गुल्मी जिल्लाको हर्दिनेटा गाविस ७ चोयगामा २०२१ सालमा जन्मिएका लोकबहादुर टण्डन युनिटीका ठूला ठेकेदार समेत हुन् । कुनै समय गैरकानुनी तवरबाट सञ्चालन भएको युनिटी ठगीकाण्डमा समेत टन्डन मुछिएका थिए । युनिटीबाटै ठगी गरेको रकम उक्त अस्पतालमा लगानी गरेको उच्च स्रोतको दाबी छ । यद्धपी टन्डन भने विभिन्न देशमा बस्ने गैरआवाशिय नेपालीको लगानी रहेको बताउँदै आएका छन् ।
युनिटी ठगीधन्दाबाटै जम्मा भएको रकमबाट उनले यति हेल्थ साइन्स कलेज, टण्डन ग्लास हाउस लगायत विभिन्न व्यवसायसमेत चलाउँदै आएका छन् ।
अर्कोतर्फ अस्पतालले कुमारित्व गुमाएका महिलालाई पुनः कुमारित्व फर्काइदिने भन्दै अवैध धन्दा चलाइरहेको छ । यही धन्दाको हल्लाका भरमा उपत्यकाका केही निजी अस्पताल र निजी क्लिनिकमा अहिले बच्चा जन्माइसकेकादेखि लिएर विभिन्न कारणले कुमारित्व गुमाएका महिला कुमारी होइन्छ भनी दौडधूपमा लागेका छन् ।
नेपाली परिवेशमा कुमारित्वलाई शारीरिक सम्बन्ध नराखेकी स्त्री भन्ने सामान्य अर्थ लगाइन्छ । स्वास्थ्य विज्ञानले महिलाको योनिमा हुने झिल्ली अर्थात् हाइमिन नटुटेमा त्यसलाई कुमारित्व अर्थात् भर्जिनिटी रहेको भन्ने बुझाउँछ । उपत्यकाका ठूला भनिएका अस्पतालदेखि स–साना पोलिक्लिनिकले पनि ‘भर्जिन’ बनाउने धन्दा चलाइरहेका छन् ।
ग्रीनसिटि अस्पतालले बाँझोपन भएका महिलाहरुलाई ठगी गर्नका लागि भन्दै ‘इन्फरटिलिटि सेन्टर’ नै खडा गरेको छ । उक्त सेन्टरमा बच्चा जन्माउन चाहाने महिलाले ३ लाख रुपैयाँ बुझाउनुपर्ने हुन्छ । एक बाझोपन विरामीले उक्त रकम बुझाएपनि बच्चा नभएपछि यो विवाद सतहमा आएको हो । दियोपोस्टले फेला पारेको विवरण अनुसार उक्त पीडितले ग्रिनसिटिलाई पटक पटक रकम बुझाएको भेटिएको छ ।