९ जनाको हत्या गर्ने अभियुक्तद्वारा आत्महत्या, बाच्न सफल बालिकाले दिएको हुलियाबाट पहिचान

९ जनाको हत्या गर्ने अभियुक्तद्वारा आत्महत्या, बाच्न सफल बालिकाले दिएको हुलियाबाट पहिचान

काठमाडौँ,जेठ ७ । गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा दुई परिवारक ९ जनाको हत्या गरेर हत्याराले आत्महत्या गरेको खुलेको छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले दिएको जानकारी अनुसार अभियुक्त मिक्लाजुङ–८, लुमाङ्दिनमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । स्रोतका अनुसार मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेको बताइएको छ । घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया मोखिमकै थियो ।

पाँचथर सामुहिक हत्या प्रकरण : अनुसन्धानको सुई आत्महत्या गर्ने कान्छा ज्वाई तर्फ सोझियो

अध्यक्ष माखिमका अनुसार ति झुन्डिएर आत्महत्या गर्ने व्यक्तिको कपडामा रगतका टाटाको साथै खुकुरी समेत फेला पारिएको छ । यस बिषयमा प्रहरीले थप अनुसन्धान गरेपछी मात्र थप जानकारी दिन सकिने उनले बताएका छन् । उनले ९ जनाको हत्या गरेर आफै आत्महत्या गरेको आशंका लागेको बताएका छन् । झुन्डिएर आत्महत्या गर्ने व्यक्ति मान बहादुर माखिम रहेको उनले बताए ।

गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा दुई परिवारको ९ जनाको हत्या भएको थियो । उक्त घटनामा ७४ वर्षका बमबहादुर फियाक र ४१ वर्षका धनबहादुर शेर्माको परिवारका ९ जनाको हत्या भएको थियो । एक बालिका भने भाग्न सफल भएकी थिइन् ।

एकै परिवारका ९ जनाको हत्या

गाउँपालिका अध्यक्षका अनुसार सोमबार राति घटना भए पनि प्रहरी विहानमात्र घटनास्थल पुगेको थियो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले भने, मलाई पनि आज बिहान मात्र थाहा भएको हो । हामीले अहिले एक जना व्यक्तिले झुन्डिएर आत्महत्या गरेको देखेका छौं । यिनैले हत्या गरेर यहाँ आई आत्महत्या गरेको हुन सक्ने आशंका छ ।

Trending News