महाराजगन्ज बृत्तमा अनुसन्धानमा रहेका व्यक्ति हत्कडी खोलेर फरार !

दियो पोस्ट  


काठमाडौं, ८ जेठ । प्रहरीले महिलामाथि दुव्र्यबहार घटनामा अनुसनधानका लागि पक्राउ गरेर अनुसन्धानका ल्याएको एक व्यक्ति फरार भएका छन् ।
महानगरीय प्रहरी बृत महाराजगन्जबाट उक्त व्यक्ति भाग्न सफल भएका हुन् ।
अनुसन्धानमा रहेका पदम श्रेष्ठ बुधबार राती साँढे १० बजे फरार भएको पाइएको हो ।
बृतका डिएसपी फणिन्द्र प्रसाइको कमजोर कमाण्ड क्षमताका कारण महाराजगन्ज वृतमा पटक पटक यस्ता घटना बढिरहेका छन् । यसअघि हत्या घटना मिलाउन सेटिङङ मिलाएको अभियोगमा एक इन्सपेक्टर निलम्बनमा परेका थिए । सेटिङमा मुछिएका डिएसपी प्रसाईंले भने शक्तिको आडमा उन्मुक्ति पाएका थिए ।
अनुसन्धानमा ल्याइएको व्यक्ति फरार भएपछि डिएसपी प्रसाइँको सेटिङमा भगाइएको हुनसक्ने आशंका बढेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र वोगटीले अनुसन्धानमा रहेका व्यक्ति हत्कडी खोलेर भागेको स्विकार गरे ।