जर्मन टिमबाट बाहिरीए मुलर र टोनी क्रुस !

दियो पोस्ट  

युरोकप छनोटका लागि जर्मनीले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।

युरो छनोट अन्तर्गत बेलारुस र स्टोनियाविरुद्ध खेलका लागि मुख्य प्रशिक्षक जोएचिम लोले बुधबार टिमको घोषणा गरेका हुन् ।

जर्मनीको टोलीबाट मिडफिल्डर टोनी क्रुस र गोलकिपर मार्क टेर स्टेगेन बाहिरिएका छन् । रियल मड्रिडका प्ले मेकर पुडुलाको चोट र बार्सिलोनाका स्टेगेन घुँडाको चोटका कारण टिममा नपरेका हुन् ।

यस्तै वायर्न म्युनिखका थोमस मुलर पनि टिममा परेका छैनन् । जर्मनीले जुन ८ मा बेलारुस र ११ मा स्टोनियासंग खेल्ने छन् । एजेन्सी

को को खेल्दै छन् जर्मनीको टिमबाट

गोलकिपर : 

  1. म्यानुअल निउर,
  2. बेर्नाड लेनो, 
  3. केभिन ट्रयाप

डिफेन्डर :

  1.  माथियस गिन्टर,
  2. मार्सल हल्सटेनवर्ग,
  3. जोनस हेक्टर,
  4. थिलो केह्रेर,
  5. लुकास क्लोस्टरमन,
  6. निको स्कुल्ज,
  7. निक्लास स्टार्क,
  8. निक्लास सुले,
  9. जोनाथन टह 

मिडफिल्डर–फरवार्ड :

  1. जुलियन ब्रान्ड्ट,
  2. जुलियन ड्राक्स्लर,
  3. सेर्गी गनाब्री,
  4. टिमो वेर्नर,
  5. लियोन गोरेट्ज्क,
  6. इल्क्ये गुण्डुगान,
  7. कै हभेर्टज, जोसुवा किमिच,
  8. मार्को रीउस,
  9. लोरी साने,