खुश्वु ओली भन्छिन्, ‘म बिरुद्ध भ्रम फैल्याइयो, अदालतले चिठिसमेत पठाएको छैन’

खुश्वु ओली भन्छिन्, ‘म बिरुद्ध भ्रम फैल्याइयो, अदालतले चिठिसमेत पठाएको छैन’

काठमाडौँ, जेठ ८ । मोडल खुश्वु ओलीले आफु बिरुद्ध संचारमाध्यममा आएका समाचार गलत भएको पुष्टि गरेकी छिन् । बुधबार दैनिक पत्रिका र केही अनलाइन संचारमाध्यमहरुले खुश्वु ओलीलाई चेक बाउन्सको मुद्धामा कैद सजाय हुने समाचार प्रकाशन गरेका थिए । बुधबार सामाजिक संजाल फेसबुकमार्फत ओलीले आफ्नो बिरुद्ध आएका समाचारहरु गलत भएको बताएकी छिन् ।

सप्तरीको गोपालबहादुर कटवालसंगको कारोबार सबै सल्टिसकेको समेत उनले बताएकी छिन् । गोपालबहादुर कटवालसंग लिएको ३६ लाख रुपैयाँ दुईबर्ष अघि नै तिरिसकेको उनले बताएकी छिन् । रकम भुक्तानी गर्दा कुमारी बैँकको चेकमार्फत गरेको तर सो चेक डिसअनर भएपछि तत्काल आफै त्यहाँ उपस्थित भएर रकम बुझाइ हिसाबकिताब फरफारक पारिएको बताए ।

ओलीले आफुलाई चेक बाउन्सको मुद्धाबारे समेत थाहा नभएको बताएकी छिन् । आफुलाई अहिलेसम्म अदालतबाट कुनैपनि किसिमको पत्र समेत नआएको र आफु झापामा बसेर कामहरु गर्दै आएको बताएकी छिन् । आफु अदालत जाने र वास्तविक कुरा बुझ्ने बताउँदै ओलीले आफुलाई झुठो आरोपमा फसाउन लागेको र यस्तो भ्रम नफैल्याउन समेत आग्रह गरेकी छिन् ।

Trending News