बीबीसी । भारतमा जारि लोकसभा निर्वाचनको मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टीले अग्रता लिएको छ । मतगणना भइरहेको स्थानहरुमध्य करिब तीन सय स्थानहरुमा भाजपाले अग्रता लिएको छ । भाजपाको प्रतिद्वन्द्वीको रुपमा देखिएको इण्डियन नेशनल कंग्रेस (आइएनसी) ले ५० स्थानहरुमा अग्रता लिएको छ ।
जवाहरलाल नेहरु विश्वविद्यालय छात्र संगठनका पुर्वअध्यक्ष तथा भारतीय कम्युनिस्ट पार्टीका उम्मेदवार कन्हैया कुमार जारी मतगणनामा पछाडी परेका छन् । वेगुसरायबाट भाजपा नेता गिरिराज सिंहको प्रतिद्वन्दीको रुपमा कन्हैया कुमार चुनाव लडेका हुन् । विहीबार स्थानिय ८ बजेबाट शुरु भएको मतगणना अहिलेसम्म आइपुग्दा करिब ५८ हजार मतले कन्हैया पछि परेको बीबीसीले जनाएको छ ।
मतगणना भइरहेको अधिकांश स्थानहरुमा सत्तारुढ गठवन्धन अगाडी देखिएको छ । दिल्लीका सबै स्थानहरुमा भाजपाले नै अग्रता लिरहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । त्यस्तै विहारको कुल ४० इलाकामध्य ३८ इलाकामा सत्तारुढ गठवन्धन हावी भएको छ । गुजरातको कुल २६ सिटको सबै स्थानहरुमा भाजपाले अग्रता लिएको संचारमाध्यमहरुले जनाएका छन् ।
मतगणना अगाडी बढ्दै जाँदा भाजपाका नेता कार्यकर्ता तथा समर्थक जनताहरु विजय उत्सव मनाउन तयार भइ चोकचोकमा भिड जम्मा भइरहेको भारतीय संचारमाध्यमहरुमा देखाइएको छ । भारतमा पुनः भाजपाले शासन गर्ने अनुमान अधिकांश राजनीतिक विश्लेशकहरुले गरिसकेका छन् ।
निर्वाचनको मतगणना अगाडी बढ्दै गर्दा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीलाई वधाई ज्ञापन गरिसकेकी छिन् । प्रधानमन्त्री नरेन्द्र मोदीलाई इंगित गर्दै मन्त्री स्वराजले सामाजिक संजाल ट्वीटरमा लेखेकी छिन्, ‘भाजपालाई यति ठुलो जित दिलाएवापत तपाईँलाई हार्दिक अभिनन्दन् ।’
प्रधान मंत्री जी @narendramodi – भारतीय जनता पार्टी को इतनी बड़ी विजय दिलाने के लिए आपका बहुत बहुत अभिनन्दन. मैं देशवासियों के प्रति हृदय से कृज्ञता व्यक्त करती हूँ.— Chowkidar Sushma Swaraj (@SushmaSwaraj) May 23, 2019