
पाँचथर, जेठ ९ । गएको सोमबार राती हत्या गरिएको मिक्लाजुङ गाउपालिका–३ आरुवोटेका ९ जनाको बिहीबार आज अन्तेष्टी गर्ने तयारी भएको छ । उनीहरु सबैको शव धरानमा पोष्टमार्टमपछि घटनास्थल आरुवोटे लगिएको छ ।
झुण्डिएर आत्माहत्या गरेका मानबहादुर माखिमको शवलाई भने परिवारको जिम्मा लगाईएको छैन । वमबहादुरको कान्छा ज्वाई माखिम बाहेक अरु ९ जनाको आज अन्तेष्टी गर्ने तयारी भैरहेको मिक्लाजुङ गाउपालिकाका अध्यक्ष अमर माखिमले वताए । हत्या गरिएका दुई परवारमध्ये वमहादुर फियाकको परिवारका ४ जनाको आरुवोटेमै अन्त्यष्टी गरिने वताइएको छ ।
वमबहादुरका ज्वाई धनराज शेर्माका परिवारको भने मिक्लाजुङ–२ स्थित सराङडाडाँको वतासे भन्ने ठाँउमा अन्त्येष्टी गरिने छ ।
घटनामा संलग्न हुनसक्ने भनेर प्रहरीको शंकाको घेरामा रहेको वमबहादुरको कान्छा ज्वाई मानबहादुर माखिमकोपनि मंगलबार दिउँसो घटना स्थल देखि करिब डेढ घण्टा टाढाको स्थलमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) को टोलिले घटनाको थप अनुसन्धान गरिरहेको छ ।