भौचर सार्वजनिक भएपछि ठमेलमा ट्राफिकको ज्यादती बढ्यो, विरोधमा उत्रिएका जनताले हस्ताक्षेर बुझाए

दियो पोस्ट  

काठमाडौं, जेठ ९ । ठमेल पर्यटन विकास परिषद्सँग मासिक भाडा र निःशुल्क नास्तापानीका लागि अतिरिक्त सुविधा लिँदै आएको ट्राफिक प्रहरीले रकम लिएको भौचर सार्वजनिक भएपछि रिसले चुर भएको ट्राफिक प्रहरीले ठमेलका बासिन्दामाथि ज्यादती गर्न थालेको छ । ट्राफिक प्रहरीबाट ज्यादती गर्नथालेपछि स्थानीय जनता त्यसविरुद्ध सडकमा उत्रिएका छन् ।

सो ज्यादतीविरुद्ध हस्ताक्षर संकलन गरेर ट्राफिक प्रमुख वसन्त पन्तलाई बुझाएका छन् । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले ट्राफिक प्रहरीसँग मिलेर स्थानीय जनताका सवारीसाधनलाई पक्राउ गर्ने, मनपरी चिट काट्ने गर्न थालेपछि ट्राफिकको ज्यादतीविरुद्ध स्थानीय बासिन्दा सडकमा उत्रिएका हुन् । 

ठमेलमा रहेका ट्राफिक प्रहरीलाई विवादास्पद व्यापारी तेजेन्द्रनाथ श्रेष्ठले आफ्नो निजी सुरक्षाकर्मीका रुपमा परिचालन गर्दै आएको समेत पाइएको छ । उनले आर्थिक दैनिकको कार्यालयमा गत आइतबार आफैं उपस्थित भएर भने, ‘ठमेलको ट्राफिक प्रहरी १५ वर्षअघि हामीले राखेको हो, सरकारले राखेको हैन, गृह मन्त्रालयले राखेको होइन ।’ उनले अगाडि भने, ‘जमलबाट दरबारमार्गको जस्तो ट्राफिक प्रहरी होइन ठमेलको, यो हामीले राखेको हो, हामीले राखेको ट्राफिकलाई पैसा दिनुपरेन त ?’ त्यसरी सरकारी कर्मचारीलाई घुस दिन पाइन्छ त ? भन्ने प्रश्नमा उनले भने, ‘आफूले राखेपछि पैसा त दिनुप¥यो नि, त्यसै भएर पैसा दिएको हो ।’

ठमेल पर्यटन विकास परिषद्ले ट्राफिक प्रहरीलाई मासिक घरभाडा बुझाउने गरेको भौचर सार्वजनिक भएपछि गत ५ गते आइतबार । यसअघि उनले परिषद्लाई बाइपास गरेर ट्राफिक प्रहरीको नाम दुरुपयोग गर्ने यात्री होटलमा कार्यक्रम पनि गरेका थिए । ट्राफिक प्रहरीको आयोजनामा हुने कार्यक्रम भनी निम्तो बाँडे पनि कार्यक्रममा उद्घोषकले ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठको आयोजनामा कार्यक्रम गरिएको भनी उद्घोषण गर्दा ट्राफिक प्रमुख वसन्त पन्त मञ्चमा सुनेर बसिरहेका थिए ।

 कार्यक्रम वैशाख ३१ गते मंगलबार दिउँसो २ बजे होटल यात्रीमा भएको थियो । ट्राफिक प्रहरी बग्गीखाना, रामशाहपथले कार्यक्रम आयोजना गरेको भनी निम्तो बाँडिए पनि त्यहाँ तेजेन्द्रनाथले आयोजना गरेको भनिँदा पनि ट्राफिक प्रमुख पन्त हाँस्दै बस्नुले उनको निरीहता प्रष्ट देखिएको थियो । सो कार्यक्रममा तेजेन्द्रले ठमेलको ट्राफिक सरकारको होइन, हामीले राखेको, हाम्रो हो भनेर रकम दिएको भौचर सार्वजनिक भइसक्दा पनि त्यसमाथि अनुसन्धान गर्ने, सुधार्ने र सच्याउनेतर्फ लाग्नुको साटो स्थानीय बासिन्दालाई अनावश्यक दुःख दिन थालेपछि स्थानीय बासिन्दा ट्राफिक ज्यादतीविरुद्ध सडकमा उत्रिएका हुन् ।

सिफारिस