काठमाडौँ, जेठ ९ । भारतमा जारी लोकसभा निर्वाचनको मतगणना करिब करिब अन्तिममा पुगेको छ । मतपरिणाम आउनै लाग्दा भाजपा बहुमतको संघारमा पुगेको छ । बहुमतको नजिकै पुग्दा प्रधानमन्त्री नरेन्द्र मोदी पुनः एकपटक प्रधानमन्त्री बन्ने पक्का भएका छन् ।
भारतीय जनता पार्टीले बहुमत ल्याउने पक्का भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले वधाइ दिएका छन् । प्रधानमन्त्री ओलीले नरेन्द्र मोदीलाई वधाइ दिँदै भनेका छन्, ‘ लोकसभा निर्वाचनमा अत्याधिक मतले विजयी हुनुभएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक धन्यवाद । आगामी दिनहरुमा पनि तपाइँसंग मिलेर काम गर्न पाउँ ।’
यता नेकपा अध्यक्ष प्रचण्डले पनि भारतीय प्रधानमन्त्री मोदीलाई वधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।