निर्वाचनमा वलिउड कलाकार : हेमा मालिनी र सन्नी देवल विजयी, शत्रुघ्न सिन्हाको नमिठो हार

निर्वाचनमा वलिउड कलाकार : हेमा मालिनी र सन्नी देवल विजयी, शत्रुघ्न सिन्हाको नमिठो हार

काठमाडौँ, जेठ १० । भारतमा सम्पन्न भएको लोकसभा निर्वाचनको मतगणना करिब करिब अन्तिम चरणमा पुगेको छ । मतगणनाको परिणाम अन्तिम अन्तिममा पुग्दै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने पक्कापक्कि देखिएको छ । लोकसभा चुनावमा भारतीय काँग्रेस पार्टीले नमिठो हार व्यहोर्नु परेको छ । काँग्रेस अध्यक्ष राहुल गान्धी आफैले लज्जास्पद पराजय व्यहोरे ।

यसपटकको निर्वाचनमा वलिउडका चर्चित कलाकारहरु समेत सहभागी भएका छन् । चुनाव नजिकिँदै गर्दा अधिकांश कलाकारहरु राजनीतिक दल प्रवेश गर्ने र चुनावमा उम्मेदवार बन्ने होड भारतमा पनि पाइन्छ । भर्खैरै सम्पन्न भएको निर्वाचनमा पनि कलाकारहरुले उल्लेख्य सहभागिता जनाएका छन् । केही कलाकार र उनिहरुले लोकसभा निर्वाचनमा जनताद्धारा कति समर्थन पाए रु केही चर्चा गरौँ ।

हेमा मालिनी
हेमा मालिनी भारतीय जनता पार्टीबाट उम्मेदवार बनेकी हुन् । उत्तर प्रदेशको मथुराबाट उम्मेदवार बनेकी हेमा मालिनी करिब तीन लाख भन्दा बढी मत ल्याई विजयी बनेकी छिन् ।

शत्रुघ्न सिन्हा
भारतीय जनता पार्टी ९भाजपा० छोडेर काँग्रेस प्रवेश गरेका शत्रुघ्न सिन्हा पराजित भएका छन् । उनि भाजपा नेता रवि शंकर प्रसादसंग पराजित भएका हुन् । उनकी पत्निसमेत लखनउबाट पराजित भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

सन्नी देवल
वलिउड अभिनेता सन्नी देवल पंजावको गुरुदासपुरबाट विजयी बनेका छन् । भाजपाबाट उम्मेदवार बनेका देवलले आफ्ना प्रतिद्वन्दीभन्दा ८२ हजार बढी मत ल्याइ विजयी भएका हुन् ।

मनोज तिवारी
भोजपुरी चलचित्रका प्रसिद्ध अभिनेता मनोज तिवारी लोकसभा निर्वाचनमा विजयी भएका छन् । भाजपाको उम्मेदवार बनेका तिवारी दिल्लीबाट अत्याधिक मत प्राप्त गरि विजयी बनेका हुन् । उनले काँग्रेसका शसक्त उम्मेदवार शिला दिक्षितलाइ पराजित गरेका हुन् । दिक्षित तीन पटकसम्म दिल्लीको मुख्यमन्त्री बनिसकेकी उम्मेदवार हुन् ।

प्रकाशराज
साउथ फिल्मका प्रसिद्ध कलाकार प्रकाश राज प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर विरोधी हुन् । बेंग्लुरुबाट उम्मेदवार बनेका प्रकाश राजले नमिठो हार चाखेका चन् । उनलाई भाजपा नेता पिसि मोहनले पराजित गरेका हुन् । प्रकाश राज साँढे पाँच लाख मतान्तरले पराजित भएका हुन् ।

रवी किशन
त्यस्तै भोजपुरी फिल्मका अभिनेता रवी किशनले पनि उत्तर प्रदेशको गोरखपुरबाट जित हासिल गरेका छन् । भोजपुरी फिल्मकै अर्का चर्चित अभिनेता निरुह्वा भने समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग फराकिलो मत अन्तरले पराजित भएका छन् ।

त्यस्तै बंगला फिल्मकी अभिनेत्री तथा टेलिभिजन कलाकार मिमि चक्रवर्तीले तृणमूल कांग्रेसबाट २ लाख ९५ हजार मत बढी ल्याएर विजयी भएकी छन् ।त्यस्तै अभिनेत्री लाकेट चटर्जीले भाजपाबाट उम्मेदवार बन्दै पश्चिम बङ्गालको हुगलीबाट ७२ हजारभन्दा बढी मत अन्तरले जित हासिल गरेकी छन् । बलिउड अभिनेत्री किरण खेरले बिजेपीबाट उम्मेदवार बन्दै दोस्रो पटक लोक सभा निर्वाचनमा चण्डीगढबाट ४६ हजारभन्दा बढी मत अन्तरले जित हासिल गरेकी छन् ।

Trending News