‍बाल यौन दुराचार: अन्तर्राष्ट्रिय गिरोह पक्राउ, ५० बालबालिकाको उद्धार

दियो पोस्ट  

इन्टरपोलको अनुसन्धानपछि बाल यौन दुराचारीहरूको एउटा अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ भने तिनको कब्जाबाट ५० बालबालिका मुक्त भएका छन्। थाईल्यान्ड, अस्ट्रेलिया तथा अमेरिकामा अहिलेसम्म नौ जनालाई समातिएको र थप व्यक्ति पक्राउ पर्न सक्ने इन्टरपोलले जनाएको छ।”डार्क वेब” भनिने झन्डै ६३ हजार प्रयोगकर्ता भएको इन्टरनेटमा आधारित सञ्जालबारे सन् २०१७ मा अनुसन्धान सुरु भएको थियो।

प्रहरीले एक सयभन्दा बढी बालबालिका सो गिरोहबाट पीडित भएको अनुमान गरेको छ। पीडितहरू को हुन् भनेर पत्ता लगाउन खोजिँदैछ। इन्टरपोलले एउटा गोप्य वेबसाइटमा १३ वर्षमुनिका ११ जना बालकको तस्बिर राखिएको पत्ता लगाएपछि “अपरेशन ब्ल्याकरिस्ट” नामक अभियानमा थालेको थियो। डार्क वेबमा भएका वेबसाइट र तिनका सामग्रीलाई प्रचलनमा भएका सर्च इन्जिनहरूले भेट्न सक्दैनन्।

अमेरिकाको होमल्यान्ड सिक्युरिटी इन्भेस्टिगेशन्स विभागले दुर्व्यवहार भएकाहरूको तस्बिर र भिडिओ राखिएको सो वेबसाइटको आईपी ठेगाना पत्ता लगाएको थियो। प्रहरीका अनुसार दुराचारीहरूले हप्तैपिच्छे त्यस्ता दृष्य त्यो वेबसाइटमा अपलोड गर्थे।

परिचय

तर बालबालिकाको अनुहार छोपिएको हुनाले अनुसन्धानकर्तालाई उनीहरूको परिचय जान्न गाह्रो भयो। मोन्ट्री सालान्गाम नामक सो वेबसाइटका प्रमुख एड्मिनिस्ट्रेटर गत वर्ष थाईल्यान्डमा पक्राउ परेका थिए। त्यसपछि रुएचा टोक्पुट्जा नामक अर्का व्यक्ति पनि अस्ट्रेलियामा समातिए।

सन् २०१४ जेनुअरीमा गिरोहका सदस्यलाई पक्राउ गर्नुअघि बैठक बस्दै अनुसन्धानकर्ताहरू
सन् २०१४ जेनुअरीमा गिरोहका सदस्यलाई पक्राउ गर्नुअघि बैठक बस्दै अनुसन्धानकर्ताहरू

आफ्नै नातेदारलाई शोषण गर्ने सालान्गामलाई थाईल्यान्डमा १४६ वर्षको जेल सजाय सुनाइयो। शिक्षण पेसामा संलग्न अर्का अभियुक्तले ३६ वर्षको सजाय पाए।अस्ट्रेलियामा शुक्रवार भएको आदेशमा टोक्पुट्जालाई ११ शिशु तथा बालकसँग दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर गर्दै ४० वर्षको जेल सजाय सुनाइयो।

सजाय

बाल यौन दुराचारको मुद्दामा अस्ट्रेलियामा दिइएको यो सबैभन्दा लामो सजाय हो। प्रहरीले टोक्पुट्जाका विद्युतीय उपकरणमा थाईल्यान्ड र अस्ट्रेलियामा खिचिएका हजारौँ तस्बिर फेला पारेको छ। तीमध्ये केहीमा उनी आफैँले दुर्व्यवहार गरेको देखिएको थियो। पीडितमध्ये १५ महिने शिशु पनि छन्।

एडलेडमा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश लीजल च्यापमनले टोक्पुट्जाको व्यवहारको निन्दा गर्दै उनी बालबालिका, तिनका अभिभावक तथा समाजका लागि खतरनाक भएको बताइन्। पक्राउ परेका अन्य व्यक्तिको परिचय सार्वजनिक गरिएको छैन। तर तीमध्ये केही अमेरिकामा भएको र सार्वजनिक पद धारण गरेको व्यक्ति भएको अमेरिकी सरकारका ब्याङ्ककस्थित प्रतिनिधि एरिक म्याक्लक्लिनले बताए।

सिफारिस