४९ लाख भ्रष्टाचार प्रकरणमा नेपाली सेनाका प्रमुख सेनानी बर्खास्त

दियो पोस्ट  

काठमाडौँ, जेठ ११ । नेपाली सेनाका प्रमुख सेनानी केशवराज कार्की भ्रष्टाचार प्रकरणमा मुछिएपछि बर्खास्तमा परेका छन् । उदयपुरस्थित कालिसिद्धी गणका प्रमुख सेनानी रहेका कार्कीले ४९ लाख अनियमितता गरेको ठहर गर्दै सेवाबाट बर्खास्त गरिएको हो ।

नेपाली सेनाको जनरल समरी सैनिक अदालतले कार्कीलाई भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरि ३ महिनाको कैद सजाय समेत तोकेको छ । साथै अनियमिततका भए बराबरको रकम असुल गराउन समेत अदालतले आदेश गरेको छ । अदालतको आदेशसंगै कार्कीलाई केन्द्रिय कारागार (जगन्नाथदेवल) चलान गरिएको छ ।

कालिसिद्धी गणमा रहँदा कार्कीले चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता गरेका थिए । रकम अनियमिततको उजुरी परेपछि छानविनको लागी कोर्ट अफ इन्क्वायरी गठन गरिएको थियो । सोही इन्क्वायरीअनुसार प्रमुख सेनानी कार्की दोषी देखिएपछि उनलाई कोर्ट मार्सलका लागि सिफारिस गरिएको थियो जसले गत बैशाखमा समरी जनरल सैनिक अदालत गठन गरेको थियो ।

सिफारिस