हिन्दू अतिवादीको जीत भनिएको भारत निर्वाचनबाट कति मुसलमान सांसद बने ? (नामावलीसहित)

दियो पोस्ट  

बीबीसी । भारतमा सम्पन्न भएको १७ औँ लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले अत्याधिक बहुमत प्राप्त गरेको छ । कुल ५ सय ४२ मध्य ३ सय ३ सीटमा विजय हाँसिल गरेपछि नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने भएका छन् ।

चुनाव प्रचारप्रसारको क्रममा भाजपाले हिन्दु अतिवादको नारा लगाएको थियो । पाकिस्तान प्रति मोदीले देखाएको प्रतिस्वधले पनि भाजपालाई भारतका जनताहरुको अत्याधिक समर्थन मिलेको देखिन्छ । मुस्लिम विरोधी र हिन्दूवादी नाराहरु भाजपाको चुनावप्रचार प्रसारमा मुख्य रुपमा घन्काइएको भएतापनी भाजपाबाट मुसलमानहरु पनि निर्वाचनमा सहभागी भएका थिए ।

भारतको उत्तर प्रदेशबाट अत्याधिक मुसलमानहरु भाजपाबाट सांसद बनेका छन् । यसपटक २४ मुसलमानहरु सांसद बनेका छन् । सांसद बन्नेमध्य सबैभन्दा धेरै उत्तर प्रदेशका छन् । उत्तर प्रदेशमा ६ जना मुसलमान भाजपाबाट निर्वाचित भएका छन् । यसअघिको लोकसभा निर्वाचनमा यस प्रदेशबाट कुनैपनि मुसलमान सांसद निर्वाचित हुन सकेका थिएनन् ।

उत्तर प्रदेशपछि सबैभन्दा धेरै पश्चिम बंगालबाट पाँच मुसलमान सांसद निर्वाचित भएका छन् । यसमध्य चारजना सांसद तृणमुल काँग्रेसबाट निर्वाचित भएका छन् भने एकजना काँग्रेसबाट निर्वाचित भएका छन् । त्यसैगरि केरला र जम्मु कश्मिरबाट तीन मुसलमान सांसद निर्वाचित भएका छन् । आसाम र बिहार बाट पनि दुई–दुई मुसलमान सांसद भएका छन् । चर्चित सांसद असदुद्दीन ओवैसी हैदराबादबाट पुनः जित हाँसिल गरेका छन् ।

लोकसभा निर्वाचनबाट सांसद बन्ने मुसलमान उम्मेदवारहरुको सूची
हाजी फजर्लुरहमान– सहरानपुर
एस.टी हसन– मरादाबाद
डाँ. शफीकुर्रहमान –संभल
आजम खान– रामपुर
अफजाल अंसारी– गाजीपुर

पश्चिम बंगाल
नुसरत जहां खान– बशरिहाट
ताबु ताहेर खान– मुर्शीदाबाद
खलीलुर्ररमान– जांगीपुर
अबू हाशेम खान चौधरी – मालदा दक्षिण
साजदा अहमद– उलुबेरिया


जम्मु कश्मीर
हसनैन मसुदी– अनंतनाग
मोहम्मद अकबर लोन– बारामुला
फारुख अब्दुल्ला – श्रीनगर


केरला
ए.एम अरिफ– अलाफुजा
मोमम्मद बसीर– पोन्नानी
पीके कुन्हालिकुट्टी – मल्लापुरम
चौधरी महबुब अली केसर– खगडिया
डा. मोहम्मद जावेद– किशनगंज

आसाम
अब्दुल खलिक– बारपेटा

बदरुद्धीन अजमल–धुबरी
असदुद्धीन आवैसी– हैदराबाद

महाराष्ट्र
इम्तियाज जलील सइद– औरंगावाद
तामिलनाडु
के. नवासकानी– रामनाथपुरम
लक्षद्वीप
मोहम्मद फैजल पीपी

सिफारिस