बार्यन म्युनिखले जर्मन कपको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा लिपजिगलाई ३–० गोल अन्तरले पराजित गर्दै बार्यनले उपाधि उचालेको हो ।
लगातार सातौ पटक लिग च्याम्पियन बनेको बार्यनले १९ औ पटक जर्मन कपको उपाधि उचालेको हो ।खेलमा अग्रता बार्यनले २९ औ मिनेटमा रोबर्ट लिबान्डोस्कीको गोलबाट लिएको थियो । ७८ औ मिनेटमा किंग्सले कोम्यानले बार्यनको अग्रतालाई दोब्बर पारेका थिए ।
८५ औ मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।यसै सिजन क्लब छाड्ने निर्णय गरेका फ्रयाङ रिबेरीले उपाधि सहित जर्मन क्लबबाट बिदाई लिएका छन् ।प्रशिक्षकको रुपमा निको कोभिकले बार्यनका लागि घरेलु प्रतियोगितामा एकै सिजन दुई उपाधि हात पार्न सफल भएका छन् । एजेन्सी ।