नेकपा सांसद सत्रुधन महतोलाई अनुशासनको कारवाही, १५ दिनका लागि निलम्वन

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ १२ । नेकपाका प्रदेश सांसद सत्रुधन महतो निलम्वनमा परेका छन् । प्रदेश २ धनुषाको क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित भएका सांसद महतोलाई नेकपाको संसदीय बोर्डले अनुशासनको कारवाही गर्दै १५ दिनको लागि निलम्वन गरेको हो ।

लेखा समितिको संयोजक पदका लागि नेकपाले भरत साहलाई आधिकारीक उम्मेदवार घोषणा गरेपछि सांसद महतोले वागी उम्मेदवार दर्ता गरोएका थिए । उनले पार्टी भित्रको नियम उल्लंघन गरि विद्रोह र अनुशासनहिन कार्य गरेको भन्दै कारवाही गरेको हो ।

पार्टीले भरत शाहलाई सार्वजनिक लेखा समितिको संयोजकको रुपमा उम्मेदवार बनाएपछि संघिय फोरम नेपाल, राजपाका सांसद र नेपाली कांग्रेसका सांसदहरुले उचालेको भरमा महतोले वागी उम्मेदवार दर्ता गराएको नेकपाका एक सांसदले बताएका छन् ।

सम्बन्धित खबर

सिफारिस