लघुवित्तका कर्मचारीमाथि गोली प्रहार

दियो पोस्ट  

काठमाडौँ,जेठ १२ । धरानमा एक लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ ।

धरानको साउने भन्ने ठाउँमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो ।

गम्भीर घाइते उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको धरानका इन्सपेक्टर अशोक जबेगुले बताए । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको छ । गोली हान्ने समूहको पहिचान नभएको प्रहरीले बताएका छन् ।