मकालु हिमाल आरोहणको क्रममा १ नेपाली र २ भारतीयसहित ३ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

संखुवासभा, जेठ १२ । संखुवासभाको मकालु गाउपालिका–२ मा रहेको ८ हजार ४ सय ६३ मिटर अग्लो हिमाल आरोहण गर्ने क्रममा ३ जनाको ज्यान गएको छ ।

मकालु गाउपालिका–२ नुर्बुगाउँका ४४ बर्षीय निमा तेन्जी शेर्पाको मृत्यू भएको संखुवासभाका प्रहरी नायव उपरिक्षक मिम लामाले बताए ।

उनको शवलाई हेलिकप्टर मार्फत संखुवासभाको सदरमुकाम खाँदबारी लगिएको छ । गएको शुक्रबार मकालु हिमाल आरोहण गर्न जाने क्रममा शेर्पाको मृत्यू भएको थियो ।

त्यसैगरि गएको जेठ २ गते दुई जना भारतीय पर्यटकहरु ५४ बर्षीय दिपनकर घिड्स र ३५ बर्षीय नारायण सिंहको पनि ज्यान गएको छ ।

०७५ चैत २७ गते सेभेन समिट कम्पनी मार्फत मकालु हिमाल आरोहण गर्न गएका उनीहरुको शव हिजो शनिबार सोलुखुम्बु लगिएको छ ।

सम्बन्धित खबर

सिफारिस