राजधानीको दुई स्थानमा बम विस्फोटः ३ जनाको मृत्यु, विप्लव माओवादीको संलग्नता पुष्टि

दियो पोस्ट  

काठमाडौँ , जेठ १२ । राजधानीको दुई स्थानमा बम विस्फोट भएको छ । विस्फोटमा परि ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुकेधारा र अनामनगरमा भएको विस्फोटमा परि २ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएको अनुमान गरिएको छ ।

विस्फोटमा परि घाइते भएकालाई चावाहिलको ओम अस्पताल र वीर अस्पतालमा उपचारको लागि भर्ना गरिएिको प्रहरीले जनाएको छ । टनास्थलमा विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएको समेत खुलेको छ ।

हिजोदेखि भण्डाफोर र विद्रोहको कार्यक्रम घोषणा गरेको विप्लव माओवादीले भोलीको नेपाल बन्द सफल पारौँ भनि लेखिएको पर्चा छोडेर गएको घटनास्थलबाट प्रहरीले बताएको छ ।