काठमाडौँ,जेठ १२ । उपत्यकाका विभिन्न स्थानमा बम विस्फोट भएपछि गृहमन्त्री रामबहादुर थापाले ३ वटै सुरक्षा प्रमुखहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
गृहमन्त्री थापाले गृह मन्त्रालयमा नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्।
‘गृहमन्त्रीले सुरक्षा प्रमुखहरूलाई हाइ अलर्टमा बस्न र सुरक्षा सतर्कता बढाउन भन्नुभएको छ,’ गृहका एक अधिकारीले बताएका छन् ।
सुकेधारा र घट्टेकुलोमा बम विस्फोट हुँदा विप्लवकै कार्यकर्ताको मृत्यु हुन पुगेको र त्यस विषयमा थप अनु्सन्धान भइरहेको नेपाल प्रहरी प्रमुख आइजिपी खनालले गृहमन्त्रीसमक्ष जानकारी गराएका थिए ।