राजधानी छिर्ने मुख्य नाका नागढुंगामा पनि बम विस्फोट

दियो पोस्ट  

काठमाडौँ, जेठ १२ । काठमाडौँको नागढुंगामा बम विस्फोट भएको छ।

नागढुंगास्थित आधी नारायण इँटा भट्टा नजिकै बम विस्फोट भएको नागढुंगा प्रहरी चौकीका इन्चार्ज प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले बताएका छन् । आफुले नै बोकेर ल्याएको बम विस्फोट भएपछि दुई जना घाइते भएका छन् । प्रहरी निरिक्षक खड्काका अनुसार दुई जना मोटरसाइकलमा नागढुंगा छिर्दै गर्दा विस्फोट भएको हो ।

घटनामा संलग्नमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चन्द्रागिरी ३ का २३ वर्षीय विक्रम लामा रहेका छन्।

यसअघि राजधानीको सुकेधारा र घट्टेकुलोको विस्फोटमा परि चार जनाको मृत्यु भइसकेको छ । मृतकहरु सबै विप्लव समुहका कार्यकर्ता रहेको प्रहरीले पुष्टि गरिसकेको छ ।

सिफारिस