विप्लव समुहबारे गृहमन्त्रीको खुलाशा,– ‘४ कम्पनिको जनसेना निर्माण गरिसके’

दियो पोस्ट  

काठमाडौं, जेठ १३ । सरकारले मुलुकको पछिल्लो समसामयिक घटना तथा समग्र शान्ति सुरक्षाको अवस्था बारे संघीय संसदलाई जानकारी गराएको छ ।


प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर बोल्दै सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापाले आईतबार र सोमबार राजधानी लगायत मुलुकभरका विभिन्न स्थानमा भएका घटनाबारे सदनलाई जानकारी गराएका हुन् ।


गृहमन्त्री थापाले विप्लब समुहले मुलुकको शान्ति र स्थायीत्वलाई प्रभाव पार्ने गरि क्रियाकलाप अघि बढाएको उल्लेख गर्दे त्यस तर्फ सरकार सजग रहेको बताए ।


उनले केही समय यता नेकपा विप्लब समुहले संविधान र राज्यव्यवस्था विरुद्ध गैह् कानुनी, संविधान विरोधी र शान्ति विरोधी गतिविधि गर्दे आएको, जनसरकारको रुपमा जनपरिषद् गठन गरेको, जनसेनाको रुपमा ४ कम्पनी निर्माण गरेको तथा नेकपा नामको पार्टी गठन गरी गैह् कानुनी र शसस्त्र गतिविधिहरु संचालन गर्दे आएको उल्लेख गरे ।


यद्धपी विप्लव समुहका क्रियाकलापलाई नियन्त्रण गरि वार्ताद्धारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अघि बढाईएको भन्दै उनले सो समुहलाई मुल धारमा ल्याई गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध रहेको बताए ।


पछिल्लो पटक आईतबार राजधानी सहित मुलुकका विभिन्न स्थानमा विस्फोट भएको, कयौ स्थानमा शंकास्पद वस्तु फेला परेको जानकारी गराउदै उनले राजधानीमा भएका विष्फोटमा परि मृत्यु हुने विप्लब समुह संग सम्बद्ध रहेको र घाईते मध्य अधिकांश विप्लब समुहकै कार्यकर्ता रहेको बताए ।


उनले समाजमा आतंक फैलाउने मनसायका साथ काठमाण्डौ, सर्लाही, ललितपुर, मकवानपुर, झापा, धादिङ, दार्चुला, कास्की, मोरङ, भक्तपुर, स्याङजा, रौतहट, वैतडी तनहु, मा समेत शंकास्पद वस्तु र विस्फोटक पदार्थ भेटिएकोमा नेपाली सेनाले ती पदार्थलाई निस्कृय पार्ने काम गरेको जानकारी गराए ।


उनले अपराधिक गतिविधिमा संलग्न पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए । शैक्षिक संस्थाहरु र लामो दुरीका यातायत सेवामा बन्दको आंशिक प्रभाव देखिए पनि अन्य क्षेत्रको जनजीवन सामान्य रहेको उनले बताए ।

सिफारिस