काठमाडोैँ, जेठ १३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वले आह्वान गरेको नेपाल बन्दलाई अवज्ञा नगर्न चेतावनी दिएको छ । विभिन्न मागहरु राख्दै गरिएको बन्द आह्वानलाई अवज्ञा गरिए जनसरकारले कारवाही गर्ने चेतावनी दिँदै बन्दको अवज्ञा नगर्न भनेको हो ।
बन्द अवज्ञा गरिएको भन्दै कालिकोटमा दुई मोटरसाइकलमाथि आगजनी गरिएको छ । कालिकोटबाट सुर्खेततिर जाँदै गरेका भे ८ प ३५८ र भे ७ प ४८५७ नम्बरका २ वटा मोटरसाइकल सडकमै जलाइएको हो । जिल्ला प्रहरी कार्यलय कालिकोटका अनुसार विप्लवको क्रियाकलाप निगरानी गर्नका लागि जिल्लाभरिको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आइतबार साँझ देखि श्रृंखलावद्ध रुपमा बम विस्फोट भएपछि राजधानीको सुरक्षा व्यवस्था समेत कडा पारिएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताएका छन् ।