थानकोटको ९२ रोपनी सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता, मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा

दियो पोस्ट  

काठमाडौँ, जेठ १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यलय कलंकीमा कार्यरत अधिकृतसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । मालपोत अधिकृत शिवप्रसाद रिमालले सामुदायिक वन उपभोक्ता समुहले उपभोग गरिरहेको सरकारी जग्गा गैरकानुनी श्रेस्ता खडा गरि व्यक्तिको नाममा नामसारी गरिएको भन्दै विशेष अदालतमा मुद्धा दायर गरिएको हो ।

काठमाडौँको साविको वाडभञ्याङ गाविस–३ को ९२ रोपनी २ आना जग्गालाई किर्ते डकुमेन्टको आधारमा सुयल हाउजिङ प्रालिको नाममा नामसारि गरिएको भन्दै अख्तियारले मुद्धा दर्ता गरको हो । हाल चन्द्रागिरि नगरपालिकामा पर्ने पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समुहले सो जग्गा उपभोग गरिरहेको बताइएको छ । अख्तियारका अनुसार गैरकानुनी रुपमा सो जग्गाको श्रेस्ता खडा गरि पुर्जासमेत उपलब्ध गराइएको छ ।

सो जग्गालाई सुयल हाउजिङको नाममा किर्ते नामसारी गर्दाको समयमा करिब २ करोड २१ लाख मुल्यांकन रहेको अख्तियारले जनाएको छ । भुमाफिया मनोवृत्ती सयौँ रोपनी सरकारी जग्गा कम्पनीका नाममा दर्ता गराइ खाने बदनियत राखे सरकार गैरकानुनी काम गरेको अख्तियारको ठम्याई छ ।

कर्मचारीलाई प्रलोभनमा पारि गैरकानुनी काम गराउन प्रोत्साहित गर्ने सुयल हाउजिङका मालिक राम कुमार सुयल थापा विरुद्ध समेत मुद्धा दायर गरिएको छ । मालपोत अधिकृत शिवप्रसाद रिमाल, हाउजिङका संचालक राम कुमार सुयल नक्कली जग्गाधनी मिना कुमारी थापा, मिनाका वारेस दिपेन्द्र विक्रम शाह साथै अधिवक्ताहरु बाबुराम शर्मा (रेग्मी) र योगेन्द्र पोखरेल विरुद्ध मुद्धा दायर गरिएको हो ।

TATA ADD

सिफारिस