मोदीको सपथ ग्रहण कार्यक्रममा भाग लिन प्रधानमन्त्री ओली भारत जाँदै

दियो पोस्ट  

काठमाडौँ, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने भएका छन् । भारतमा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा भाग लिनका लागि प्रधानमन्त्री ओली भारत प्रस्थान गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीसंगै परराष्ट्र सल्लाहकार राजन भट्टराई लगायत मन्त्रालयका अधिकारीहरुको टोली विहीबार भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा भाग लिएर प्रधानमन्त्री ओली शुक्रबार नै नेपाल फर्कने भएका छन् ।

प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रमका लागि नरेन्द्र मोदीले नेपाल सहित विमस्टेकमा सहभागी अन्य ७ मुलुकका राष्ट्रप्रमुखहरुलाई समेत निमन्त्रणा गरेका छन् । १९ औँ लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले अत्याधिक बहुमत प्राप्त गरेपछि मोदी पुन प्रधानमन्त्री बनेका हुन् ।

यसअघि सन् २०१४ को निर्वाचनबाट प्रधानमन्त्री चुनिएका मोदीले तात्कालिन समयमा समेत सपथ ग्रहणका लागि अन्य मुलुकका राष्ट्राध्यक्ष हरुलाई निमन्त्रणा गरेका थिए । यसपटक नेपाल, बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्याण्ड, भुटान, किर्गिस्तान र मौरेससका राष्ट्रप्रमुखहरु मोदीको सपथ ग्रहणमा आउने भएका छन् । त्यस्तै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई भने निमन्त्रणा नदिइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।