प्रचण्ड भन्छन्, ‘निरंकुश राजा शासनको अन्त्य गर्दै गणतन्त्रको स्थापना हुनु नेपाली राजनीतिमा युगान्तकारी परिवर्तन हो’

दियो पोस्ट  

काठमाडौँ, जेठ १५ । नेपालमा गणतन्त्र स्थापनाले ११ औँ बर्ष पार गर्दै १२ औँ बर्षमा प्रवेश गरेको अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गरेका छन् । बुधबार एक विज्ञप्ति जारि गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र स्थापनाका लागि लड्ने हरेक व्यक्तिहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन् भने गणतन्त्र प्राप्तिका लागि लड्दालड्दै ज्यान गुमाउने शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरे ।

मुलुकमा एकतन्त्रिय निरंकुश राजा शासनको अन्त्य गरि गणतन्त्र स्थापना हुनु सबैभन्दा ठुलो उपलब्धि रहेको बताउँदै अध्यक्ष प्रचण्डले अब लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने तर्फ लाग्न आह्वान समेत गरेका छन् । एकात्मक शासनलाई चिरेर जनताकै शासन कार्यन्वयन गर्न शाहस गर्ने नेपाली जनताहरुप्रति समेत सम्मान ब्यक्त गरेका छन् ।

मुलुकमा गणतन्त्र स्थापनापछि आएको संविधानले नागरिकका हरेक आवश्यकतालाई सम्वोधन गरेको र यसमा भएका प्रावधानहरुले मुलुकलाई समाजवादतर्फ उन्मुख गराउनेसमेत बताएका छन् । नेपाली जनताहरुले अबको जिम्मेवारी कम्युनिस्ट क्रान्तिकारीहरुको काँधमा सुम्पिएको र सो जिम्मेवारीलाई आफु र आफ्नो पार्टीले अवसर र चुनौतीको रुपमा लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति

सिफारिस