
काठमाडौँ, जेठ १५ । प्रहरी प्रधान कार्यलयले प्रहरी जवान (जनपद) को लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ । लिखित परिक्षामा सहभागी भएका मध्य ६ हजार एक सय ९ जना उर्तिण भएका छन् ।
कार्यलयले उर्तिण भएकाहरुको अन्तरवार्ता मिति समेत सार्वजनिक गरेको छ । परिक्षार्थीहरुको रोल नम्बर र उनिहरुले अन्तरवार्ता दिने स्थान उल्लेख गर्दै प्रहरी प्रधान कार्यलयले एक सुचि सार्वजनिक गरेको छ । लिखित परिक्षामा उर्तिर्ण भएका प्रतिस्पर्धीहरुको अन्तरवार्ता यहि जेठ २६ गतेदेखि असार पाँच गतेसम्म हुने छ ।
अन्तरवार्ता दिन कहाँ जाने ?
प्रहरी प्रधान कार्यलयले जेठ २६ गते देखि अन्तरवार्ता हुने जनाएको छ । सातवटै प्रदेशमा एकैपटक र एकैसमयदेखि शुरु हुने अन्तरवार्ता विहान ७ बजेदेखि र दिउँसो १ बजेदेखि गरि दुइ चरणमा हुने छ । अन्तरवार्ताका लागि प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, जनकपुर, दुधौली सिन्धुली, पोखरा, वुटवल, सुर्खेत(नेपालगंज), दिपायल र महानगरिय प्रहरी शिक्षालय महाराजगंज तोकिएको छ ।





