काठमाडौँ आइरहेको पर्यटक बस थाक्रेको महादेव खोलामा खस्यो, चालकको मृत्यु

दियो पोस्ट  

काठमाडौँ, जेठ १५ । सुनौलीबाट काठमाडौँ आउँदै गरेको पर्यटक बस धादिङको थाक्रेस्थित महादेव खोलामा खसेको छ । बा १ प १३६३ नम्बरको पर्यटक बस सडकबाट करिब ४० मिटर तल खसि दुर्घटनाग्रस्त भएको हो ।

काठमाडौँ आउँदै गरेको सो पर्यटक बस विपरित तर्फबाट आइरहेको ना ५ ख ८०६८ नम्बरको कन्टेनरसंग ठोक्किएर खोलामा खसेको थियो । ठक्कर दिने कन्टेनरलाई प्रहरीले नियन्त्रण गरिसकेको छ ।

सुनौलीबाट १५ जना यात्रु बोकेर आएको बस दुृर्घटनाग्रस्त हुँदा बसका चालक हरि न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका एकको अवस्था गम्भिर रहेको छ भने अन्य सामान्य अवस्थामा नै रहेको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी श्याम खड्काले बताएका छन् ।

सिफारिस