बजेटको आकार १५ खर्ब ३२ अर्ब ९६ करोड, ३ खर्ब वैदेशीक ऋण लिइने

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ १५ । सरकारले आर्थिक बर्ष २०७६÷०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख बजेट विनियोजन गरेको छ । संघिय संसदमा आयोजित संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले वार्षिक आयव्यय सहितको बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजित बजेटमध्य चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख छुट्याएको छ भने पुँजीगत खर्चतर्फ ४ खर्ब ८ अर्ब ५९ लाख विनियोजन गरेको हो । त्यस्तै वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ५८ लाख विनियोजन गरिएको छ ।

अर्थमन्त्रीले प्रस्तुत गरेको वजेटको स्रोतमध्य राजश्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८२ लाख जुटाइने छ भने ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ र वैदेशिक अनुदानबाट जुटाइने व्यवस्था गरिएको छ । त्यस्तै गरि २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख वैदेशीक ऋणबाट जुटाइने र आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब जुटाइने अर्थमन्त्री युवराज खतिवडाले संसदमा जानकारी दिएका छन् ।

सम्बन्धित खबर

सिफारिस