आफ्नी श्रीमतीलाई प्रधानमन्त्री ओलीको आग्रहः ‘मैले बनावटी कुरा गरेको भए सार्वजनिक मञ्चबाटै विरोध गर्नु’

दियो पोस्ट  

काठमाडौँ,जेठ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बनावटी कुरा गरे सार्वजनिक मंचबाटै विरोध गर्न आफ्नी श्रीमति राधिका शाक्यलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले ‘प्रथम राष्ट्रिय महिला दिवस’को अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मैले बोलेका कुरा बनावटी भए हात उठाएर विरोध गर्न श्रीमति शाक्यलाई आग्रह गरे ।

मञ्चमै बसीरहनु भएकी श्रीमती शाक्यतर्फ फर्कदै उहाँले मैले बनावटी कुरा गरे हात उठाएर विरोध गर्ने अधिकार उनलाई रहेको बताए ।

‘महिला हेला गर्ने विषय हुँदै होईन्’, प्रधानमन्त्री ओलीको भनाई थियो,‘ मेरो श्रीमति नजिकै भएको हुनाले म हात उठाएर विरोध गर्ने अधिकार छ भन्दिन चाहान्छु । मैले बोलेका कुरामा फरक÷वनावटी छ भने हात उठाएर यो कुरा सही होइन् भन्ने अधिकार उनलाई छ ।’ प्रधानमन्त्री ओलीले महिलाको उत्थानविना समाजको उत्थान सम्भव हुँदैन भन्ने कुरा स्विकार गरिएपनि त्यसलाई कार्यान्वयनमा लैजाने कामले भने अझै गति लिन नसकेको पनि स्मरण गराए ।

प्रधानमन्त्री ओलीले नेपालले महिला अधिकारको क्षेत्रमा नेपालले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरुलाई पुरुष सरह अधिकार दिलाउन लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले महिला जनप्रतिनिधिहरुको काम गर्व गर्न लायक रहेको पनि बताए ।

सिफारिस