प्रधानमन्त्री ओली भारत प्रस्थान, सपथ ग्रहणपछि समकक्षी मोदीसँग भेटवार्ता गर्ने

दियो पोस्ट  

काठमाडौं, जेठ १६ । प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन बिहीबार भारत प्रस्थान गरेका हुन् । र्नु भएको हो ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए ।

प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाले सलामी पनि अर्पण गरेको थियो ।
प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सपथ ग्रहण समारोहमा सहभागी हुन नियन्त्रणा गर्नु भएको थियो । प्रधानमन्त्री ओली आजै साँझ हुने मोदीको सपथग्रहण समारोहमा सहभागी हुने र भोली स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री शुशिल कोइराला सहभागी भएकम थिए । भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओेलीसहित विमस्टेक राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

TATA ADD

सिफारिस