रंगशालाको बार भत्काउनेलाई हदैसम्मको कारवाही गर्दै क्षतिपुर्ती असुल गर्न मेयर रेणु दाहालको निर्देशन

दियो पोस्ट  

भरतपुर, जेठ १६ । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय रंगशालामा क्षति पुग्ने गरि डोजर चलाउने ब्यक्तिहरुलाई हदैसम्मको कारवाही गर्न प्रशासनलाई अनुरोध गरेकी छिन् । विहीबार एक विज्ञप्ति जारि गर्दै मेयर दाहालले राष्ट्रिय गौरव र महत्वका बोकेका संरचनाहरु भत्काउने काम निन्दनिय भएको र त्यसमा संलग्न व्यक्तिहरुलाई कडा कारवाही गर्नुपर्ने बताएकी हुन् ।

गत जेठ १४ गते केही व्यक्तिहरुले डोजर लगाएर रंगशालाको कम्पाउण्ड भत्काउने काम गरेपछि चौतर्फी विरोध र आलोचना भएको थियो । रंगशाला भत्काउने कार्यमा संलग्न मुख्य अभियुक्त प्रकाश कँडेल नेकपाको कार्यकर्ता समेत भएको तथ्य सार्वजनिक भएको थियो । नेकपा चितवन जिल्ला अध्यक्ष यमकुमार परियारले यस्तो सार्वजनिक अपराधका कार्यमा संंलग्न भएका प्रकाशलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेका थिए ।

घटनाका बारेमा सामाजिक संजालमा आक्रोशपुर्ण प्रतिक्रियाहरु आइरहँदा मेयर दाहालले समेत यस्तो कार्य निन्दनिय रहेको र यसमा शुन्य शहनशीलता अपनाउनुपर्ने धारणा राखेकी हुन् । विज्ञप्तिमार्फत अपराधीलाई हदैसम्मको कारवाही गरि क्षति भएबराबरको विगो असुल गर्न समेत सम्वन्धित निकायलाई निर्देशन दिएकी छिन् ।

यस्तो छ विज्ञप्ति

TATA ADD