नवलपुरमा बस दुर्घटना, ३ जनाको मृत्यु २२ घाइते (फोटोमा हेर्नुहोस्)

दियोपोस्ट संवाददाता

देवचुली, जेठ १६ । पुर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपुरको देवचुलीमा ट्रक र बस एकआपसमा ठोक्किँदा दर्घटनाग्रस्त भएको छ । पूर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख ५२९५ बस र बिपरीत दिशाबाट आउदै गरेको ना २ ख ४८९० ट्रक एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्य २ जनाको सनाखत भएको र एकजनाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकहरुमा पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–१४ की ६५ वर्षीया कुमारी सुनारी र सोही ठाउँकी ७० वर्षीया जमुना मापछन् छन् । अर्की अन्दाजी ३०÷३५ वर्षीया महिलाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्य नयाँ मेडिकल कलेज भरतपुरमा ११ जना, पुरानो मेडिकल कलेजमा एक जना र मनकामना अस्पतालमा ९ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी प्रवक्ता अर्जुन रानाभाटले दियोपोस्टसंग बताएका छन् ।

दुर्घटनामा परि बसचालक समेत घाइते भएका छन् भने ट्रकका चालक र सहचालकलाई भने नियन्त्रणमा लिएर घटनको अनुसन्धान गरिएको प्रवक्ता रानाभाटले बताएका छन् ।

सम्बन्धित खबर

सिफारिस