काठमाडौं, जेठ १७ । आईसीसी विश्वकपमा आज पाकिस्तान र वेष्ट इण्डिजबीचको खेल हुँदै छ । यो विश्वकपका सबैभन्दा अप्रत्यासित टोलीका रुपमा रहेका पाकिस्तान र वेष्ट इण्डिज पहिलो खेलमा नै भेट हुँदैछन् ।
पाकिस्तान र वेष्ट इण्डिजवीचको खेल नटिंघममा नेपाली समय अनुशार दिउँसो सवा तीन बजे हुनेछ ।
प्रतियोगिताका लागि पाकिस्तानको दाबेदारी त्यति बलियो देखिएको छैन । पाक्स्तिान वार्म अप म्याचमा अफगानिस्तनसँग पराजित भएको थियो । त्यसअघि इंग्ल्याण्डविरुद्धको एक दिवशीय श्रृङखलामा पनि एक खेल जित्न सकेको थिएन । तर प्रतियोगिताको पूर्वसन्ध्यामा टिमको अवस्था जस्तो भएपनि विपक्षीलाई चक्मा दिन सक्ने क्षमता पाकिस्तान टिममा छ । यो कुरा सन् २०१७ मा भएको आईसीसी च्याम्पियन्स ट्रफीमा प्रमाणित गरिसकेको छ ।
त्यस्तै अवस्थामा वेष्ट इण्डिज पनि छ । तर, वेष्ट इण्डिजको कथा अलि फरक देखियो । वार्म अप म्याचमा उसले न्यूजिल्याण्डविरुद्ध ४२१ रनको विशाल योगफल खडा गरेको थियो । इण्डिजको विस्फोटक ब्याटिङका कारण ठूलो योगफल बन्न सक्नेछ ।