नेपाली क्रिकेट प्रशिक्षकमा उमेश पटवाल नियुक्त, मासिक ५ लाख पारिश्रमिक !

दियो पोस्ट  

काठमाडौँ, जेठ १७ । आइसीसीमार्फत राष्ट्रिय खेलकुद परिषदले उमेश पटवाललाई क्रिकेट प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।

पटवाल र राखेपबिच शुक्रबार साँझसम्म सम्झौतामा हस्ताक्षर कार्यक्रम हुनेछ । उनलाई राखेपले ५ बर्षसम्म सम्म प्रशिक्षकको रुपमा राख्ने गरि सम्झौता हुने भएको हो ।

प्रशिक्षक रहँदा सम्म पटवालको पारिश्रमिक मासिक पाँच हजार डलर ( करिब ५ लाख ६१ हजार नेपाली रुपैँया) पारिश्रमिक पाउने छन् । पटवालको पारिश्रमिक अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नै व्यहोर्ने सहमती समेत भएको छ ।

सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी रहेका पटवाल २०१४ को एसिया कप, टी–२० विश्वकप र २०१५ को विश्वकपमा ब्याटिङ प्रशिक्षक थिए ।

पछिल्लो समय उनी ब्याटिङ कन्सल्ट्यान्टका रुपमा नेपाल आएका थिए ।

सिफारिस