ओली–मोदी भेटवार्ता: प्रधानमन्त्री ओलीले दिए रुद्राक्षको माला र चाँदीको सिक्का उपहार !

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ १७ । भारतीय प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा भाग लिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबिच औपचारिक भेटवार्ता भएको छ । नवनियुक्त प्रधानमन्त्री मोदी र अतिथिका रुपमा पुगेका प्रधानमन्त्री ओलीबिच शुक्रबार मध्यान्ह भेटवार्ता भएको हो ।

दिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्ताको क्रममा नरेन्द्र मोदीलाई प्रधानमन्त्री ओलीले रुद्राक्षको माला र चाँदीको सिक्का उपहार दिएका छन् । वार्तामा नेपाल भारत सम्वन्ध र दुइपक्षिय हितको बारेमा संवाद भएको छ । नेपाल र भारतबिचको सम्वन्धलाई अझै बलियो बनाउँदै लैजाने र त्यसको लागि समस्यालाई छिचोल्दै समाधानतर्फ लाग्न पनि दुबै प्रधानमन्त्री सहमत भएका थिए ।

नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री भएपछि विभिन्न आठ मुलुकका प्रमुखहरुलाई सपथ ग्रहणमा भाग लिनका लागि आमन्त्रीत गरेका थिए । नेपाल लगायत विमस्टेकका मुलुकहरु लगायत अन्य दुई मुलुकका राष्ट्रप्रमुख मोदीको सपथ ग्रहण कार्यक्रममा उपस्थित भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ काठमाडौँ आइसक्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर

सिफारिस