को हुन् ज्ञानेन्द्र शाहीले कुटपीटको आरोप लगाएका डिएसपी प्रदीप क्षेत्री, भन्छन् मैले छोएको छैन ?’

दियो पोस्ट  

काठमाडौं, १७ जेठ । भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा परिचित ज्ञानेन्द्र शाहीलाई कुटपीट गर्ने प्रहरीको पोल खुलेको छ ।


केही दिनअघि सुर्खेत प्रहरी कार्यालयले शाहीलाई साइबर अपराध मुद्दामा पक्राउ गरेको थियो । पक्राउ परेका शाहीलाई थप कारबाही तथा अनुसन्धानका लागि काठमाडौं ल्याइएको थियो । काठमाडौं प्रहरी कार्यालयको निगरानीमा अस्पतालमा उपचारमा रहेका शाहीले सुर्खेत प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रदिप कुमार क्षेत्रीको निर्देशनमा आफूलायृ कुटपीट गरेको आरोप लगाएका छन् । भिडियो सन्देशमा उनले आफूलाई यातना दिने प्रहरीहरुको नामावली नै सुनाएका छन् ।


‘मैले भ्रष्टाचार विरुद्ध बोल्दा नेपाल प्रहरीले मलाई कुटपीट गर्यो । डिएसपी प्रदीप क्षेत्री, इन्सपेक्टर निरञ्जन घिमिरेजी र अर्को मेरो बाउ भन्नु हुन्छ सई भक्ति खनाल भन्ने हुनुहुन्छ । उहाँहरुले मलाई यति धेरै यातना दिनु भयो की जो मैले संकटकालमा पनि देखिनँ,’ उनले भनेका छन्,–‘त्यतिले मात्रै पुगेन उहाँहरुलाई लोकलगाडीमा उल्टो हत्कडी लगाएर नाङ्गो खुट्टा सुर्खेतबाट काठमाडौंसम्म लोकल गाडीमा यहाँ सम्म पुर्याए मलाई ।’

प्रहरी निरिक्षक निरन्जन घिमिरे


सुर्खेत प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रदीप कुमार क्षेत्री कुनै समय कालिमाटि प्रहरी वृतका प्रमुख थिए । उनी वृत प्रमुख हुँदा विभिन्न अनियमितताको विषय बाहिर आएको थियो । तर, डिएसपी क्षेत्री भने घटनाको वास्तविकता अर्कै रहेको बताउँछन् ।

के भन्छन् डिएसपी प्रदीप क्षेत्री ?

‘विद्युतिय साइबर अपराध मुद्दामा कारबाही गर्न काठमाडौंबाट हामीलाई पत्र आयो । जेठ १५ मा प्रहरी कार्यालयको ५० मिटर अगाडी खुल्लामञ्चमा मेला हुन्छ । उहाँले प्रहरीको अनुमति नलिई भाषण गर्दै हुनुहुन्थ्यो ।


मलाई खबर आयो । हामीले उजुरी दिएको मान्छे तपाईंको ५० मिटर पर भाषण गर्दै हुनुहुन्छ सरकारलाई गाली गर्दैछ । तपाईंहरुले त्यसलाई ल्याइदिनुपर्यो भनेपछि मैले टोली पठाएँ । सम्झाई बुझाई गरेर ल्याउन सिभिलमा ४ जना प्रहरी पठाइयो । ‘सर हामीसँग पक्राउ पुर्जी छ हामीसँग हिड्नु पर्यो भनियो । तर उहाँले भन्नु भयो,‘म तपाईंहरुसँग जाँदा पनि जाँदिन । मलाई केही गर्न सक्नुहुन्न । उहाँले एक्कासी अरुलाई सन्नेगरी मलाई पुलिसले मार्न थाल्यो भन्नु भयो । त्यसपछि प्रहरीमाथि मासले प्रहार गर्न थाल्यो । त्यतिबेला मेरो इन्सपेक्टरसापले उहाँलाई समातेर गाडीमा राख्नु भयो । त्यतिबेलासम्म उहाँलाई अभद्र ब्यवहार भएको छैन ।

जिप्रका २ मिटर पर थियो । उहाँको समर्थकले गाडी घेरे । बचाउ बचाउ भने । समर्थकहरुले गाडीबाट छुटाएर लग्नु भएको छ । समर्थकहरुले प्रहरीमाथि पनि कुट्नु भएको छ । त्योबीचमा उहाँको चप्पल कहाँ हरायो । उहाँ कहाँ लड्नुभयो । उहाँको समर्थकले ढुङ्गा मुढा गरे । हामीले भाग्न दिने कुरा भएन । हामीले ल्याएर भित्र राखेम । म र इम्सपेक्टर बाहिरै बसेका थियौँ । हाम्रो पनि गोडामा चोट लागेको छ । तर बाहिर भनेका छैनौँ ।

डिएसपी घाईते भएको कुरा बाहिर आउनु हुन्न । सम्झाई बुझाई गरेका हौँ । तर उहाँहरुको ढुङ्गामुढा रोकिएन । हाम्रो ६ जना प्रहरी घाईते भएका छन् । दोस्रो पटक ढुङ्गा मुढा गर्ने ८ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ । उहाँलाई नाइट बसमा हालेर पठाइयो र बेलुका भएर सिट नपाएको र अन्तिममा पर्नु भएको हो । यहाँ लोकल बस नै हुँदैन । उहाँकै समर्थकले हान्दा पछाडीको कुममा लागेको हो । मैले र मेरो इन्सपेक्टरले छोएको पनि छैन । हामीलाई सम्झाई बुझाईमै समय लाग्यो । किन भने ५ सयभन्दा बढी मान्छे थियो । जो भक्ति खनालले कुट्यो भनिएको छ । उहाँ सबैभन्दा सोझो मान्छे हो । जिल्ला प्रहरी कार्यालयमा अहिलेसम्म कसैलाई हात उठाएको छैन ।

सिफारिस