
काठमाडौं ३० वैशाख। यसअघि विभिन्न जिल्ला प्रशासन कार्यालयले मनोमानी रुपमा बाँढेको सवारी पास रद्द गर्ने गृहमन्त्रालयले निर्णय गरेको छ ।
मंगलबार नै एकैपटक ५७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो । सवारी पास भएका नागरिकलाई एक जिल्लाबाट अर्को जिल्लामा जान समेत प्रतिबन्ध लगाएको छ ।
उक्त निर्णय विहिबारदेखि मात्रै लागु हुने गृहमन्त्रालयले जनाएको छ ।
त्यस्तै उपत्यकामा कार्यरत कर्मचारीलाई समेत सवारी पास अनिवार्य गरेको छ ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका भएपछि आगामी दिनमा भने नियामक निकायको पासले मात्रै आवात जावत गर्न पाइने छ ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइनेछ ।