नेपालमा कोरोना संक्रमित २ सय १९ पुगे, थप २ जनालाई कोरोना संक्रमण पुष्टि !

दियोपोस्ट संवाददाता

काठमाडौं, ३१ वैशाख । नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमित संख्या २ सय १९ पुगेको छ ।

काभ्रेको धुलिखेल अस्पताल र राजधानी काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको छुट्टा छुट्टै परिक्षणका क्रममा थप २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।


टेकु स्थित प्रयोगशालामा गरिएको परिक्षणमा कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वडा नम्बर ५ निवासी २२ वर्षिय पुरुषलाई कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्त डा. समिर कुमार अधिकारीले जनाएका छन् ।

उनको अवस्था सामान्य छ । त्यस्तै काभ्रे स्थित धुलीखेल अस्पतालमा गरिएको परिक्षणमा बाँके जिल्ला नेपालगञ्ज नगरपालिका वडा नम्बर ८ निवासी ३६ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खबर