बढ्दो संक्रमण : २४ घण्टामा ५ हजार ७ सय ६ जना कोरोना संक्रमित थपिए

दियोपोस्ट संवाददाता

काठमाडौं, १८ वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा एक हजार २८७ जना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या तीन हजार २९८ पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४३ हजार दुई सय १३ रहेको छ ।