एमाले पार्टिको दशौं महाधिवेशन कार्यतालिका सार्वजनिक

दियोपोस्ट संवाददाता

काठमाडौं, १९ वैशाख । सत्तारुढ दल नेकपा एमालेले दशौं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

विभिन्न शाखा अधिवेशनदेखि महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गराइएको स्रोतले जनाएको छ ।

आउँदो असार मसान्तसम्ममा पार्टीका सबै पुराना सदस्यताहरुको नवीकरण गर्ने तथा पार्टीको नयाँ सदस्यता पनि वितरण गर्ने नेकपा एमालेको कर्यातालिकामा छ ।

विगतमा नगरपालिकादेखि गाउँपालिका र वडा तहसम्मका सबै अधिवेशनहरु जहिले मन लाग्यो त्यही बेला हुँदै आएकोमा यसपटक भने यो प्रचलनलाई अन्त्य गर्दै एकरुपता ल्याउने कोसिसका साथ सबै अधिवेशनहरु एकै समयमा गर्ने कार्यतालिका रहेको छ ।

आगामी भदौ ५ गतेदेखि शाखा अधिवेशन सुरु हुनेछ भने सबै अधिवेशनहरु दशौं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण हुनेछ ।

वैशाख ६, १० र १२ गते महाधिवेशन आयोजक कमिटीको बैठक बसेको थियो। उक्त बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमार्फत सार्वजनिक गरिएका हुन्।