शंकर पोखरेलकै २ जना सांसद अविश्वास प्रस्तावमा हस्ताक्षरकर्ता रहेको खुलाशा !

दियोपोस्ट संवाददाता

काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशमा अल्पतमा परेका शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि राजिनामा दिएको भनिएका तीन सांसद मध्ये २ जनाले आफूहरुले राजिनामा नदिएको बताएका छन् ।


राजिनामा दिएको रुपमा चर्चाका नेकपा एमालेका सांसद अजय शाहीले गठबन्धन सरकारलाई सहयोग गर्ने र अविश्वास प्रस्तावमा हस्ताक्षेर गरेको बताए ।


‘हामीले राजिनामा दिएका होइनौँ । गठबन्धन सरकारलाई सहयोग गर्ने भनेका हौँ । स्वतन्त्र राजनीतिक समुहबाट म र कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तवले अविस्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थियौँ ।’