
काठमाडौँ, १९ वैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा (एमाले) वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
नर्भिक अस्पताल पुगेर उनले नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । ।
कोभिड–१९ सङ्क्रमण देखिएपछि नेता खनाल शनिबार अस्पतालमा भर्ना भएका थिए ।
उनलाई शनिबार साँझदेखि नै अक्सिजनको सहयोगमा उपचार शुरु गरिएको थियो ।