
काठमाडौँ, २० वैशाख । मेचीनगर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आज विहान आगलागी भएको छ ।
आज बिहान ३ बजे कोइला फ्याक्ट्रीमा बिद्युत सर्ट भई अचानक आगलागी भएको बताइएको छ ।
सो आगलागी जनपद प्रहरी, सशस्त्र प्रहरी स्थानीयवाशी, तथा भद्रपुर,मेचीनगर र बिर्तामोड, इटहरी लगायातका नगरपालिकाको दमकलले निभाउने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।