
काठमाडौँ, २० वैशाख । नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय गरेलगत्तै देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो २ बजे बस्नेगरि बोलाइएको हो ।
बैठकमा समसामायीक राजनीतिक अवस्था तथा पार्टीको महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि आवश्यक रणनीति तय गर्न पनि बैकठक बोलाइएको हो ।
यसअघि प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै काँग्रेस नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको छ ।
जसपाले ठोस निर्णय नगरेपछि काँग्रेस अविश्वासको प्रस्तावबाट ब्याक भएको हो ।