विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

दियोपोस्ट संवाददाता

काठमाडौँ, २० वैशाख । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।

आइतबार बेलुका स्टार हस्पिटलमा दिएको स्वाब परीक्षणको नतिजा सोमबार बिहान पोजेटिभ आएको प्रवक्ता शर्माले जानकारी दिए ।

उनी अहिले डेरामै आइसोलेसनमा रहेको जानकारी गराएका छन् ।
भनेका छन् ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ ’
उनले सबैलाई आग्रह पनि गरेका छन्, ‘सजग बनौं ’