
काठमाडौं, २० वैशाख । कोभिड–१९ को दोस्रो लहरको क्रममा कोरोना सङ्क्रमणका कारण हेटौँडामा थप जनाको मृत्युभएको छ ।
हेटौँडा अस्पतालमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष ९आईसीयू० कक्ष र उच्च उपचार कक्ष (एचडीयू) कक्ष सञ्चालनमा ल्याएपछि दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
हेटौँडा अस्पतालका कोभिड इञ्चार्ज डा। सागर काफ्लेले बारा जिल्लाको अमलेखगन्जका ४६ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जानकारी दिए ।ती पुरुषलाई गएराति १२ बजे उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो ।
यसअघि आइतबार राति हेटौँडा उपमहानगरपालिका वडा नं। १ का ५५ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको थियो ।
यस्तै, वैशाख १० गते हेटौँडा उपमहानगर वडा नं। ४ भैरवरोडका ५० वर्षीय पुरुषको वैशाख ८ गते हेटौँडा उपमहानगरपालिका ४ स्थित कर्राका ७४ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
योसँगै मकवानपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६ जना पुगेको छ । हेटौँडा अस्पतालको उच्च उपचार कक्ष ९एचडीयू० कक्षमा हाल १७ जना उपचाररत छन् ।