यी हुन् लुम्बिनी प्रदेशमा महिला सांसदलाई कपाल तान्दै टिपेर फाल्ने प्रहरीका डिआइजी

दियो पोस्ट  

काठमाडौं, २० वैशाख । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र धानुक विवादमा आएका छन् । उनीमाथि एक महिला सांसदमाथि कपाल तानेको र सांसदलाई टिपेर फालेको गम्भिर आरोप लागेको छ ।


लुम्बिनी प्रदेशका प्रदेश प्रमुखको कार्यालय परिसरमा आईतबार प्रहरी र प्रदेश सभा सदस्यहरुबीच झडप भएको थियो ।

मुख्यमन्त्री शंकर पोखरेललाई शपथ खुवाउन निस्केका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बाटो छेकेका प्रदेश सभा सदस्यलाई प्रहरीले धरपकड गरेपछि झडप भएको हो ।

नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य तथा प्रमुख सचेतक निर्मला क्षेत्रीले डिआइजी धानुकले आफूमाथि हातपात गरेको आरोप लगाएका हुन् ।

‘प्रदेश प्रमुख बाहिर जानेबेलामा महिला प्रहरी पठाउनुस भन्दा भन्दै डिआइजी आएर पहिले म माथि आक्रमण गर्न थाल्नु भयो त्यसपछि सबै प्रहरी आएर टिपेर फाल्नु भयो,’ कांग्रेस सचेतक क्षेत्रीले भनिन्, ‘यास्तो आक्रमण म माथि गरियो । यस्तो अमर्यादित किसिमले नाङ्गो नाच चाचिरहेको छ आज प्रदेश प्रमुख, मुख्यमन्त्री प्रहरी प्रशासन ।’


क्षेत्रीले प्रदेश प्रमुख परिसर भित्रै न्यायको लागि कहाँ जाने भन्दै गुहार मागेकी थिइन् ।

सिफारिस