कोरोना पोजिटिभ देखिएका निलकण्ठका कर्मचारी धादिङ बजारमा देखिएपछि भागाभाग !

कोरोना पोजिटिभ देखिएका निलकण्ठका कर्मचारी धादिङ बजारमा देखिएपछि भागाभाग !

काठमाडौं, २० वैशा । धादिङको निलकण्ठ नगरपालिकामा कार्यरत एक प्राविधिक कोरोना संक्रमित हुँदा पनि बजार क्षेत्रमा निष्फिक्री हिँडेको पाइएको छ ।


निलकण्ठ नगरपालिकामा सब इन्जिनियर पदमा कार्यरत कृष्ण ढकाल कोरोना संक्रमण भएपनि बजारमा हिँडेको देखेपछि बजारबासीको भागाभाग चलेको हो ।


नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु रिजालका अनुसार गत वैशाख १४ गते परिक्षणका क्रममा एक जनालाई कोरोना देखिएको थियो । १५ गतेको परिक्षणमा सब इन्जिनियर ढकाललाई कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण भएपनि उनी बजारमा आइतबार दिउँसो देखिएको र उक्त विषय आफूलाई पनि जानकारीमा आएपछि टेलिफोन गरेर सोधेको रिजालले दियोपोस्टलाई जानकारी दिए ।


‘यो कुरा मलाई पनि जानकारी आएको हो । जानकारी आउनासाथ मैले टेलिफोन गरेर सोधेको थिएँ । लुगा छुटेका कारण कसैसँग पनि सम्पर्क नगरी आफू मोटरसाइकलमा कोठामा आएको जवाफ आएको छ,’ ढकालको भनाई उदृत गर्दै रिजालले भने,‘अहिले होम आइसोलेशनमै हुनुहुन्छ । मेरो कुरा भइरहेको छ ।’


स्थानियबासीका अनुसार कोरोना संक्रमित ढकाल बजारमा देखिएपछि थाहा पाउनेहरु प्रहरीलाई समेत फोन गरेका थिए ।


उनका अुनसार निलकण्ठ नगरपालिकामा कार्यरत १४ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । अत्यावश्यक सेवा बाहेक सबै कामकाग ठप्प पारिएको छ ।
हाल धादिङमा २९७ जनालाई कोरोना पोजिटिभ देखिएको छ ।

Trending News