धरानको बिपी कोइराला अस्पतालमा अनलाइन ओपिडी सुरु

दियोपोस्ट संवाददाता

काठमाडौं, २१ बैशाख । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनलाइन ओपिडी सञ्चालन गरेको छ।

उक्त प्रतिष्ठानको डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनले तीन दिनदेखि अनलाइन ओपिडी सेवा दिन थालेको हो।

अस्पताल समितीका अनुसार लकडाउन वा निषेधाज्ञाको समयमा बिरामीहरू अस्पतालसम्म आउन नसक्ने हुनाले अनलाइन मार्फत् उनीहरूको सेवा गर्न थालिएको हो। अस्पतालले ९८०२७९४७३७ मा सम्पर्क गरेर नाम टिपाउन भनेको छ।

लकडाउनका बेला जुनसुकै रोगका बिरामीले पनि यो नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सक्ने छन्।

अनलाइन ओपिडी कार्यक्रममार्फत् मुटु, मिर्गौला, प्रेसर, सुगर, फोक्सो, बाथसँगै कोरोनासम्बन्धी जानकारी सुझाव प्राप्त गर्नका लागि डाक्टर एवम् प्राविधिकहरूसँग सिधै आफ्ना समस्या राख्न तलको नम्बरमा ह्वाट्सअप, भाइबर, इमो वा फेसबुकमा सम्पर्क गर्न सक्नेछन् ।

त्यसरी नम्बर टिप्न एकजना नर्स र अर्का कर्मचारी खटाइएको शर्माले बताए।
उनीहरूले बिरामीका समस्या सुन्छन् त्यसपछि सम्बन्धित डाक्टरको समय मिलाइदिन्छन्।